विप्लव पक्ष पक्राउ , भोलि बन्द पक्का

Loading...

काठमाडौंको शान्तिबाटीमा आइतबार साँझ विरोध कार्यक्रम गरिरहेका बेला प्रहरीले तीन दर्जन नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको विप्लव माओवादीले जनाएको छ । उनका अनुसार पोलिटव्युरो सदस्य इश्वरी दाहाल ‘असारे काका’ लगायतका नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीलगायतका जिल्लाहरुबाट सुकुम्बासीहरूमाथि सरकारले दमन गरेको भन्दै विप्लव माओवादीले विरोध प्रदर्शन गर्दै आएको छ र बिप्लवको बन्द पनि यहि कारणले गरेको भनेर भनिएको छ ।

पक्राउ पर्नेहरुमा केन्द्रीय सदस्य पुरुषोत्तम सापकोटा, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी सचिव धेरेन्द्रा उपाध्याय ‘भृकुटी’, राजु कार्की, रत्न मगर, हिरा शाही, पूर्ण श्रेष्ठ, प्रेम ढकाल, ओम बुढा, हुकुम खड्का, दिलिप थापालगायत छन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...