ढल्यो स्वाभिमान , ढल्यो ओली सरकार

आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भए संगै जनताले स्वाभिमान ढलेको अनुमान गरेका छन् यता अर्को सरकार नबन्दासम्म यही मन्त्रिपरिषद्लाई काम गर्ने भनिएको छ ।

आज संसदमा अविश्वासको प्रस्तावमाथि जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरेक थिए । त्यसअघि बाधा अड्चन फुकाउन भनेर उनले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाएका थिए । राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा २९८ को उपधारा १० बमोजिम प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुले पूरा गरेको जिम्मेबारीका लागि धन्यबाद दिएकी छन् ।

साथै अर्को मन्त्रिपरिषद गठन नहुन्जेलसम्मका लागि यसै मन्त्रिपरिषदले कार्यसम्पादन गर्ने पनि राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...