झापा डुब्यो , १९८ घर विस्थापित

फाइल तस्बिर

निरन्तर वर्षा हुन थालेपछि  झापा मा दर्जनौ  घरहरु डुबानमा परेका छन् भए सयौं घर विस्थापित पनि भएका छन्  ।

आइतबार विहान भद्रपुर नगरपालिका-५ वरपर मेची नदीमा पानीको बहाव बढ्दा १ सय १ घरपरिवार भने विस्थापित भएका छन् । प्रहरी र रेडक्रसको सक्रियतामा विस्थापित परिवारहरुलाई अहिले भद्रपुर उच्च माविमा सारिएको छ ।

त्यसै गरेर, विर्तामोड नगर क्षेत्र भएर बग्ने अन्दुवा खोलामा पानीको बहाव बढेर मानव वस्तीमा पस्दा ११ घर डुबानमा परेको र भद्रपुर-१० तथा ११ मा गरी ४० घर डुबानमा परेको अनि एक घर विस्थापित भएको कुरा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाहरुले जानेका छन्  ।

यस्तै, घेराबारी-५ मा पनि १३ घरहरु डुबानमा परेका छन् । उनीहरु सुरक्षित स्थानमा सार्न कठीन भएपछि अहिले स्थानीय डुङ्गा प्रयोग गरेर सुरक्षित स्थानमा सार्ने काम भइरहेको पनि जानकारी आएको छ।

जिल्लाको विर्तामोडसहित भद्रपुर, चकचकी, घैलाडुब्बा, घेराबारी लगायतका क्षेत्र समेत डुबानमा परेका छन् तथा चकचकी-८ मा २५, चकचकी-१ मा ८ र घैलाडुब्बामा ५० घर डुबानमा परेको छ ।

शनिबार साँझसम्म झापामा विस्थापित हुने घरपरिवारको सङ्ख्या ९६ थियो र अब जिल्लामा विस्थापित हुने घरपरिवारको सङ्ख्या १ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु

Loading...