ओली ढाल्नुको कारण हेर्नुहोस

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद रविन्द्र अधिकारीले चीनसँगको सम्झौता र सन्धी हुन नदिन प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको आरोप लगाउनुभएको छ । शनिबार अविश्वास प्रस्तावको छलफलमा सहभागी हुँदै सांसद अधिकारीले भन्नुभयो, ‘केपी ओलीले चीनसँग नाका खोल्ने, पारवहन सम्झौता गरेको, राष्ट्रवादका पक्षमा अडान लिएका कारण अविश्वासको प्रस्ताव दर्ता गराइयो ।’

उहाँले ओलीले राष्ट्रवादको पक्षमा आवाज उठाउँदा सरकार अल्पमतमा परेको दाबी गर्नुभयो । ओली सरकारले विकासका निर्माणलाई अगाडि बढाएको दाबी गर्नुभएका अधिकारीले भन्नुभयो, ‘सरकारमा रहेकै पार्टीले अविश्वासको प्रस्ताव ल्याउनु दुर्भाग्यपूर्ण रहेको छ ।’

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...