ओली मानसिक सन्तुलन बिग्रिएका व्यक्ति हुन् : अमरेश

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक सन्तुलन बिग्रिएको बताएपछि संसदमा विवाद भएको छ । अविश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद सिंहले प्रधानमन्त्री ओलीको मानसिक अवस्था ठीक नभएको बताएका थिए । ओलीले औषधि खाइरहेको समेत उल्लेख गरेका थिए । सांसदहरुले विरोध गरेपछि सांसद सिंहले बोलेको कुरा रेकर्डबाट हटाउन सभामुख ओनसरी घर्र्तीले निर्देशन दिएपछि छलफल सूचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...