सरकार छाड्नै पर्ने यस्तो बाध्यता

व्यवस्थापिका संसदमा पेश भएको आर्थिक विधेयक सरकार ले फेल गरेको  छ । शुक्रबारको संसद बैठकमा आर्थिक विधेयकमाथि मतदान हुँदा उक्त विधेयक बहुमतले अस्वीकृत भएको हो ।

सरकारले ल्याएको विधेयक अस्वीकृत हुनुलाई सरकारकै असफलता मानिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि सरकारले अविश्वासको प्रस्ताव अघि नै आर्थिक विधेयक पेश गरेको थियो।

सरकारको समर्थन फिर्ता लिएको माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी दललगायतले विधेयकको विपक्षमा मतदान गरेका छन् । सरकारले आर्थिक विधेयक पारित नहुँदा बजेट कार्यान्वयनमा समस्या आउने बताउदै पारित गरेर मात्र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अडान अघि सारेको थियो । कांग्रेस र माओवादीले भने आर्थिक विधेयक पारित नहुँदा बजेट कार्यान्वयनमा असर नपर्ने भन्दै आर्थिक विधेयकको विपक्षमा मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु

Loading...