प्रचण्डले भने, ‘ओलीको धोकाले देश बिग्रियो’

Loading...

प्रचण्डले भने , यहि धोका दिने प्रवृति र सहमति नमन्नाले नै आज यो अवस्था आएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव टेवल गरेका छन् । अविश्वासको प्रस्तावको प्रस्तावकका रुपमा संसदमा बोल्दै प्रचण्डले कुनै दिन आफूले ओलीलाई प्रधानमन्त्री बनाइयोस् भनेर प्रस्ताव राखेको र आज अविश्वासको प्रस्ताव रोखको उल्लेख गर्दै राजनीतिमा यो सब स्वभाविक खेल भएको बताए ।

उनले बेलाबेला राजनीतिक पार्टीबीच भएको भद्र सहमति कार्यान्वयन नगर्दा, सबै राजनीतिक दलहरु इमानदार नहुँदा नै यस्तो अवस्था आएको बताए । ‘अब राजनीतिक दलले भद्र सहमति नगर्दा नै बेस हुन्छ’, उनले भने, ‘भद्र सहमति बेलाबेला गरिएको छ र त्यसलाई तोडिएको छ । जुन राजनीतिक अस्थिरता निम्त्याउनुको एक कारण बनेको छ ।’

माओवादी राष्ट्रिय एकता र सहमतिमा सधै अडिक रहेको बताउँदै प्रचण्डले राजनीतिक खेलमा आफ्नो बर्चस्व, प्रभाव बिस्तार होस् भन्ने सबै राजनीतिक दलको आकांक्षा हुने बताए । उनले भने, ‘संसदवादको अपेक्षा गर्ने पार्टीका लागि आफ्नो बर्चस्व, प्रभाव बिस्तार होस् भन्ने चहना हुनु स्वभाविक हो । समिकरण बन्नु, भत्कनु नेपाली राजनीतिमा यो पटक–पटक हुने गरेको छ ।’

प्रचण्डले ओलीले माओवादीलाई भर्याङ बनाएर अघि बढ्न खोजेको र आफूले एकल रुपमा मेरै सरकार हो भनि आफ्नै ईच्छाले चल्नु राष्ट्रिय एकताको बाधक भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्युले अहंकार र दम्भ बोकेर अघि बढ्नुभयो । जुन दम्भ एकदिन तोडिनु स्वभाविक थियो ।’ उनले ओलीले खुल्लमखुल्लारुपमा संघीयता आवश्यक नरहेको भन्दै हिँडेको बताउँदै ओलीको गणतन्त्रवादी भन्दा राजतन्त्रवादी सँग राम्रो घुलमेल र साठगाँठ रहेको आरोप लगाए ।

प्रचण्डले सरकारबाट समर्थन फिर्तासँगै बजारमा विभिन्न भ्रमहरु फैलाइएका बताउँदै राजनीतिक निस्ठा, आस्थामाथि गलत तरिकाले प्रचारबाजी गरिएको गुनासो पोखे । संसदमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले आज संसद भरिएको छ म खुसी छु भनेको प्रशंगलाई उठाउँदै प्रचण्डले भने, ‘सरकारविरुद्धको प्रस्ताव आएपछि मात्र सदन भरिएको छ । म अर्थमन्त्रीज्युलाई प्रश्न गर्छु सरकारले काम गर्दैगर्दा किन सदन भरिएन ?’

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...