बिपक्षी बिरुद्ध एमालेको यो रणनीति

Loading...

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले अहिलेसम्म कुनै सरकारले नगरेको अनौँठो कार्य गर्ने रणनीति तयार गरेको छ । शुक्रबार संसदमा कांग्रेस र माओवादी केन्द्रले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफफल हुने भएपछि उसले संसद अवरुद्ध गर्ने तयारी गरेको हो । यसरी रोस्टम घेराउ गरेर सरकारको नेतृत्व गरिरहेको दलले संसद अवरुद्ध गर्ने परम्परा छैन । 

तर, एमालेले आफै सरकारको नेतृत्व गरिरहेका बेला यस्तो तयारी गरेको छ । कांग्रेस, माओवादी र मधेसवादी दलले अविश्वासको प्रस्ताव फिर्ता नलिने र यसलाई पास गर्न एक हुने निर्णय गरेपछि एमालेले त्यसलाई रोक्न संसद अवरुद्ध पार्ने रणनीति बनाएको हो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...