ओलीको टार्गेट राजतन्त्र : प्रचण्ड

Loading...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको टार्गेट राजतन्त्र भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोपप्रति नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।


शुक्रबार व्यवस्थापिका संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई संघीयता र गणतन्त्रको विरोधी र राजतन्त्रसँग नजिकिएको आरोप लगाएका थिए ।

प्रचण्डको यस्तो आरोपपछि नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले संघीय गणतन्त्र सहितको संविधान कार्यान्वयनको नेतृत्व गरेको प्रधानमन्त्रीमाथि नौ महिनासम्म त्यही सरकारमा रहेका सहयात्रीले त्यस्ता आरोप लगाउनु आपत्तिजनक भएको बताए । रिमालले भने, ‘नौ महिनासम्म संगै सरकारमा बसेर अंगालो हालेर मेरो प्यारो कमरेड भन्ने मान्छेहरुले अहिले सरकारबाट हट्दा खेरि मनलाग्दी बोल्नु राम्रो होइन ।

 जबसम्म यो संविधान रहन्छ त्यो संविधानप्रति हाम्रो पार्टी र हाम्रा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ ।’ संसदमा सम्बोधनका क्रममा प्रचण्डले प्रम ओली संविधानका मुख्य उपलब्धी भनिएका विषयमा नै प्रतिबद्ध नदेखिएको र संघीयता वाध्यता भएको, समावेशी बेकार लाग्ने गरेको र गणतन्त्र रुचीको विषय नभएको आफुले पाएको बताएका थिए ।

रिमालले भने, ‘नौ महिनासम्म संगै सरकारमा बसेर अंगालो हालेर मेरो प्यारो कमरेड भन्ने मान्छेहरुले अहिले सरकारबाट हट्दा खेरि मनलाग्दी बोल्नु राम्रो होइन ।

जबसम्म यो संविधान रहन्छ त्यो संविधानप्रति हाम्रो पार्टी र हाम्रा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ ।’ संसदमा सम्बोधनका क्रममा प्रचण्डले प्रम ओली संविधानका मुख्य उपलब्धी भनिएका विषयमा नै प्रतिबद्ध नदेखिएको र संघीयता वाध्यता भएको, समावेशी बेकार लाग्ने गरेको र गणतन्त्र रुचीको विषय नभएको आफुले पाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...