प्रचण्डबाट खुशी , ओलीको गल्ति : नेपाल

Loading...

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट शान्ति प्रक्रियामा आफूले खेलेको भूमिकाको सराहना गरेकामा खुसी प्रकट गरेका छन् । प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि व्यवस्थापिका–संसदको शनिबारको बैठकमा बोल्दै नेता नेपालले इतिहासमा आफूले खेलेको भूमिकाको मूल्यांकन गरेकाले खुसी लागेको उल्लेख गर्दै त्यसका लागि धन्यवाद दिए ।

आफूलाई मुलुकको पूर्वप्रधानमन्त्रीका रुपमा भन्दा पनि असल मानिसका रुपमा कसैले नाम लिँदा खुसी लाग्ने उनको भनाइ थियो । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा भूमिका खेलेकामा मेरो पनि नाम लिनुभयो’, नेपालले भने, ‘मेरो भूमिका थियो भन्नुभएकामा खुसी लाग्यो ।

मलाई पूर्वप्रधानमन्त्री होइन, असल मानिस भनिदिए खुसी लाग्छ । गौरब लाग्छ ।’ संसदमा शुक्रबार प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको औचित्य पुष्टि गर्ने क्रममा प्रचण्डले १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूसँगै तत्कालिन एमाले महासचिवका रुपमा नेपालले खेलेको भूमिकाको सराहना गरेका थिए । ओलीसँग असन्तुष्टि नेता नेपालले नेपालमा सरकार र पार्टी संस्थागत रुपमा चल्ने नगरेको सन्दर्भ कोट्याउँदै यसपटक पनि त्यही अवस्था देखिएको बताए । सरकार एमालेले भन्दा पनि गुटले चलाएको आरोप लगाए ।

राजनीतिक नियुक्ति गर्दा वा राष्ट्रिय सहमतिका साथ अघि बढ्ने कुरामा सरकारले गल्ती गरेको जनाए । ‘हाम्रोमा सरकार होस् वा पार्टी होस् संस्थागत रुपमा चल्ने गरेको छैन’ नेपालले भने । नेता नेपालले संविधानमा असन्तुष्ट समूहसँग संवाद गरी संविधानको स्वीकार्यता बढाउने कुरामा सरकार अल्मलिएको बताए । आफू समेत विगतमा प्रधानमन्त्री भएको र राम्रा काम गरेको चर्चा गर्दै नेपालले तर, यत्तिको सरकार कहिल्यै बनेको थिएन भन्ने ओलीको दाबी असत्य रहेको बताए ।

फोटा झुण्ड्याएर मात्र हुँदैन यस्तै नेता नेपालले सरकार गिर्नु र नयाँ बन्नुभन्दा मुलुकले त्यसबाट प्राप्त गर्ने उपलब्धी महत्वपूर्ण हुने बताए । सिंहदरबारमा प्रधानमन्त्रीको फोटो झुण्ड्याउनु नै उपलब्धी नहुने भन्दै नेपालले उपलब्धीको कसी जनताले के पाए भन्नेबाट जाँचिनुपर्ने उल्लेख गरे । प्रधानमन्त्रीको म्युजिकल चियरभन्दा मुलुक ठूलो भन्दै नेपालले देश डुब्न लागेका बेला उतोर्न माझी चाहिएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको म्युजिकल चियर चलिरहन्छ । चिन्ता देशको छ ।

देश डुब्न लाग्यो । देशलाई उतार्ने मानिस चाहियो । त्यस्तो व्यक्ति फेला परिसकेको छैन । देशका बारेमा र राष्ट्रको बारेमा सोच्ने मानिस चाहिएको छ’, नेपालले भने, ‘प्रधानमन्त्रीका रुपमा नयाँ वा पुराना मानिसको फोटा झुण्डिन सकछ । पहिला झुण्डिएकाहरुको फmोटा फेरि झुण्डिन सक्छ । पहिलोपटक, दोश्रोपटक, तेश्रोपटक, चौचोपटक ।

कतिपटक कतिपटक । तर, देशले के पायो ? त्यो सोच्नुपर्छ ।’ आफ्नो बारेमा सबैले सोच्ने र देशका बारेमा कम सोच्ने प्रवृत्ति हाबी रहेको भन्दे उनले चिन्ता व्यक्त गरे । संविधानको रक्षा र कार्यान्यवनमा जोड नेता नेपालले बढ्दो राजनीतिक अस्थिरता र दलहरुबीचको आशंका र अविश्वासले संविधान कार्यान्यवनमा चुनौती खडा भएको बताए ।

संविधान कार्यान्यवन गर्न नदिएर संवैधानिक संकट निम्त्याउने षड्यन्त्र जारी रहेको भन्दै नेता नेपालले राष्ट्रिय सहमति र एकाताका साथ संविधान कार्यान्वयनमा जुट्नुपर्ने औंल्याए । ‘संविधानको रक्षा र कार्यान्यवन गर्नुपर्छ । । संवैधानिक संकट खडा गर्नेतिर जानु हुँदैन । संविधान कार्यान्वयन र मुलुकलाई संविधानअुनसार अघि बढिएन भने हामी संवैधानिक संकटमा फस्छौ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...