प्रचण्ड प्रधानमन्त्री निश्चीत : बामदेव

Loading...

नेकपा एमालेका नेता बामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेका छन् । ब्यवस्थापिका संसदमा शनिवार भएको अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता गौतमले प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूले नै सहमति गरेको बताए । उनले आफूले सहमति गरे पनि हस्ताक्षर मात्रै नगरेको बताए ।

आफूले गरेका सहमति सदैव पालना गरेको दाबी गर्दै उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पनि पालना गर्ने पक्षमै आफूहरु रहेको बताए । ‘मैले गरेको सहमति सदैव पालना गरेको छु ’, गौतमले भने, ‘ केपी ओलीलाई हटाएर प्रम बन्ने कुरा प्रमुख हो भने यो पनि ढिलोचाँडो लागू हुन्थ्यो ।’ प्रचण्ड मेरा घनिष्ट मित्र गौतमले माओावादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो घनिष्ट मित्र भएको बताए ।

उनले प्रचण्डसँग एकले अर्कालाई उपयोग नगर्ने सहमति भएको बताए । एकले अर्कालाई उपयोग नगर्ने सहमति भएकै कारण आफूले आज सम्म पनि सहमति विपरित नभएको दाबी गरे । एमालेबाट फुटेर माले भएको बेलामा आफ्ना कार्यकर्ता प्रचण्डले लैजाँदासमेत आफूले सहमतिको पालना गरेको उनले बताए । नेता गौतमले शान्ति प्रक्रिया अघि भएको सिलिगुडी बार्तादेखि रोल्पासम्मको वार्तामा आफूले मुख्य भूमिका खेलेको स्मरण गरे ।

प्रचण्डसँगको आफ्नो घनिष्टताकै कारण पछिल्लो पटक एमाले माओवादी समिकरणमा सरकार बनेको उनको भनाइ थियो । गौतमले दुई दलबीचको सम्बन्धलाई भिष्म र परशुरामको लडाइको कथासमेत सुनाएका थिए । गौतमले दुई दलबीचको सम्बन्धलाई भिष्म र परशुरामको लडाइको कथासमेत सुनाएका थिए । –

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...