चीनमा आयो भयानक बाढी

चीनको उत्तरी र मध्य क्षेत्रमा आएको बाढीमा मृत्यु हुनेको सख्या ७८ पुगेको छ । केही दिन यताको बाढीले चीनमा सो हताहती भएको हो । हेबेइ र हेनान प्रान्तमा आएको बाढी र पहिरोका कारण ९० भन्दा बढी वेपत्ता भएका छन् ।

हजारौं घरमा क्षति पुगेको छ । ती क्षेत्रमा १ करोड भन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । प्रभावित क्षेत्रमा खाद्यन्न लगायत आवश्यक सामग्री जुटाउने प्रयास भइरहेको चीनिया अधिकारीले जनाएका छन् ।  

बाढी र पहिरोका कारण विद्युत आपूर्ती ठप्प हुनुका साथै यातायात सेवा पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...