आफ्नै बजेट, आफैं विपक्षी

Loading...

नेकपा माओवादी केन्द्रले बजेट सम्बन्धी अर्थ विधेयकको विपक्षमा मतदान गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा छदा आफै सहभागी भएर ल्याएको बजेट फेल गराउन माओवादीले विपक्षमा मतदान गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूहरुले बजेटसम्बन्धी अर्थ विधेयकहरुको विपक्षमा मतदान गर्ने बताए । उनले भने- ‘हामीले सरकार छाडिसकेका छौं । अब हामी विपक्षी हो । विपक्षीको धर्म निर्वाह गर्छाै । बजेटको पक्षमा हाम्रो मतदान हुन्न् ।’

यसैबीच नेपाली कांग्रेसले पनि बजेटको विपक्षमा मतदान गर्ने जनाएको छ । कांग्रेस सांसद अनिता देवकोटाले भनिन्– ‘हामी प्रतिपक्षी हो । कुनै हालतमा बजेटको पक्षमा भोट हाल्दैनौं ।’ कांग्रेस र माओवादीले बजेट सम्बन्धी अर्थ विधेयकको विपक्षमा मतदान गर्ने भएपछि ओली सरकारको बजेट पारित हुने सम्भावना कम हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...