२९ जना सवार वायुसेनाको विमान वेपत्ता

Loading...

भारतमा वायुसेनाको एक विमान बेपत्ता भएको छ । सो बिमानमा २९ जना सवार छन् । पोर्ट ब्लेयरबाट चेन्नइका लागी उडेको विमान सम्पर्कविहिन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वायु सेना, नौ सेना तथा तट रक्षकको टोलीले बिमानको खोजी गरिरहेको छ ।

स्थानीय समय अनुसार विहान ८ बजेर ४६ मिनेटमा अन्तिमपटक सञ्चार सम्पर्क भएको बिमानको राडार सिग्नल ९ बजेसम्म देखिएको बिमानस्थललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमानले सशस्त्र बलका लागि नियमित उडान भरेको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...