माओबादी धोकेबाज संग जितेर छाड्छु : ओली

Loading...

प्रधानमन्त्री केपी शर्मा ओलीले माओबादी ले गर्न खोजेको सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरता विरुद्धको ठूलो षड्यन्त्र भएको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको बताउनुभयो । उहाँले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माण काममा प्रतिपक्षलगायत दलले अवरोध गरेका छन् भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उहाँको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरी देशमा जनजीविका , सामाजिक न्याय र समानता कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले सशक्त भूमिका खेल्ने बताउँदै उहाँले भन्नुभयो – “हामी अहिले एक प्रकारको चक्रब्यूहमा परेका छौँ , त्यसमा पराजय हुँदैनौँ । माओवादीले देश तथा जनतालाई धोका दिएको छ केही समयमा नै उसले पश्चाताप गर्नेछ । ”
माओवादीले देश तथा जनतालाई धोका दिएको छ केही समयमा नै उसले पश्चाताप गर्नेछ । ”

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले डेढ वर्षभित्रमा चुनाव हुन नसकेमा संविधान कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख तीन दलले राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पुष्पलालको जन्मस्थान रामेछापको भङ्गेरीलाई ऐतिहासिक महत्वको स्थल बनाउनुपर्ने सुझाव दिनुभयो । पार्टीका पोलिटब्युरो सदस्य बेदुराम भुसाल , प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले पुष्पलालको विचारले नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सही मार्गनिर्देश गरेको विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...