प्रचण्डको गम्भीर गल्ति , अब खुइलिन्छन

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सत्ता साझेदार दल प्रचण्डको माओवादीले गम्भीर गल्ती गरेको भन्दै छ महिनापछि पछुताउने बताएका छन् । साथै उनले कांग्रेस आफ्ना कार्यकर्ता भर्ती गर्न मात्र सरकारमा जान हतारिएको आरोप लगाए ।

आफ्नो सरकारलाई समर्थन फिर्ता लिने माओवादी कदमप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले बच्चा जस्तो चकलेट देखाइदिएपछि सब कुरा भुलेको आरोप लगाए ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘माओवादीले गम्भीर गल्ती गरेको छ । तीन महिनापछि थाहा पाउँछ र ६ महिनापछि बर्बाद नै गरिएछ भनेर पश्चाताप गर्ने दिन आउँछ ।’

उनले अघि भने, कम्युनिष्ट नामको वर्को, हुन त उहिल्यै खुइलिएको थियो, अझै खुइलिँदै जान्छ ।’

उनले कांग्रेस देश बनाउन नभई आफ्ना कार्यकर्ता भर्तीका लागि मात्र सरकारमा जान चाहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु

Loading...