पौडेल धोकेबाज रैछन : प्रचण्ड , देउवा

Loading...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत सल्लाह नगरी कांग्रेसका नेता रामचन्द्र पौडेल द्वारा प्रस्तुत विहिबारको शिर्ष नेताहरुको बैठकमा प्रस्तुत गरेको ४ बुँदे प्रस्ताव ओलीको उक्साहटमा आएको बुझाईमा प्रचण्ड देउवा पुगेका छन् । पौडेलको प्रस्तावमा छलफल गर्न सकिने तर यहि संविधान अन्तर्गत नयाँ सरकार बनाउने सहमति गरे अन्य ३ बुँदा मान्ने मुडमा प्रचण्ड र देउवा छन् पार्टीले नेकपा माओवादी केन्द्रसँग एउटा सहमति गर्ने तर सहमति तोडिने गरी पौडेलले अर्कै प्रस्ताव गर्ने भएपछि विहिबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा झस्किएका थिए ।

कांग्रेस स्रोतका अनुसार पौडेलले राखेको ४ बुँदे प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको उक्साहटमा आएको कांग्रेस नेताहरुको ठम्याइ छ । पौडेलको यस्तो प्रस्तावले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिने र प्रचण्ड रोकिँदा देउवापनि रोकिन पुग्ने अनुमान ओलीको छ ।पौडेलले प्रस्तुत गरेको ४ बुँदेमा अविस्वासको प्रस्ताव फिर्ता लिने, ओलीले राजीनामा दिने, आर्थिक विद्येयक पारित गर्ने र नयाँ सरकार निर्माणका लागी उपाय खोज्ने रहेको छ ।

प्रस्तावको अन्तिम बुँदा अर्थात संविधान निर्माणका लागी उपाय खोज्नेको अर्थ संविधान संशोधन गर्ने भन्ने ओली लाइन हो । यही लाईनमा पौडेल लागेका छन् । यसो गर्दा पौडेलको प्रचण्ड र देउवा दुबैलाई रोकेर आफै प्रधानमन्त्री बन्ने बाटो खुल्ने आँकलन छ भने ओलीले प्रधानमन्त्री बनाउने आस्वाशन यसअघि नै दिइसकेका छन् ।

यसो गर्दा पौडेलको प्रचण्ड र देउवा दुबैलाई रोकेर आफै प्रधानमन्त्री बन्ने बाटो खुल्ने आँकलन छ भने ओलीले प्रधानमन्त्री बनाउने आस्वाशन यसअघि नै दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...