ओली बिरुद्ध सबै एकजुट

Loading...

सत्तारुढ दल एमालेका अध्यक्ष ओली पछिल्लो राजनीतिक परिस्थितिबारे सहमतिमै अघि बढ्ने कांग्रेस माओवादीको प्रस्ताव पनि नमानेपछि कांग्रेस, माओवादी र मधेसी मार्चाले नयाँ रणनीति बनाएका छन् । प्रमुख तीन दलबीच सहमति गर्ने प्रयास असफलता तर्फअघि बढेपछि कांग्रेस, माओवादी र मधेसी मोर्चा अविश्वासको प्रस्ताव विरुद्ध एक साथ अघि बढ्ने निर्णय गरेका हुन् ।

एमालेसँग सहमति नजुटेपछि शुक्रबार ब्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावलाई अघि बढाउने मधेसीसहितको तीन दलले निर्णय गरेका हुन् । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेलले विहीबार एमालेसहितकाे बैठकमा प्रधानमन्त्रीले राजिनामा दिने र कांग्रेस–माअाेवादीले अविश्वासकाे प्रस्ताव फिर्ता लिने प्रस्ताव गरेका थिए । पाैडेलकाे प्रस्ताव पनि प्रधानमन्त्री अाेलीले नमानेपछि मधेसी माेर्चासहितका तीन दलले अविश्वासकाे प्रस्ताव अघि बढाउने निर्णय गरेका हुन् । कांग्रेस संसदीय दलको बैठकपछि कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच छलफल भएको हो ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेलले विहीबार एमालेसहितकाे बैठकमा प्रधानमन्त्रीले राजिनामा दिने र कांग्रेस–माअाेवादीले अविश्वासकाे प्रस्ताव फिर्ता लिने प्रस्ताव गरेका थिए ।

कांग्रेस संसदीय दलकै कार्यालयमा भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु वैठकमा उपस्थित थिए । यस्तै, बैठकमा नेताहरु कांग्रेसका रामचन्द्र पौडेल, विमिलेन्द्र निधि, कृष्ण सिटौला, माओवादी केन्द्रका ामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, लगायत सहभागी थिए । मधेसी मोर्चाबाट संघीय समाजवादी फोरम नेपालका नेता अशोक राई, तराई मधेश लोकतान्त्रिक पार्टीबाट हृदयश त्रिपाठी, सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णलगायत नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...