संसद बाट आयो यस्तो खुशीको खबर

प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चार वटा प्रस्ताव राखे संगौ संसद बाट खुशीको खबर आएका छन् । व्यवस्थापिका संसदमा आ–आफ्नो अडान लिएर जाने तयारीमा रहेका कांग्रेस–माओवादी र एमालेका शीर्ष नेताको बैठकमा पौडेलले चार वटा प्रस्ताव राखेको माओवादी नेता कृष्ण महराले जानकारी दिए । उनका अनुसार सुरुमा एमालेले भनेजस्तै अर्थ विधेयक पास गर्ने, दोस्रोमा अविश्वासको प्रस्ताव, तेस्रोमा संविधान कार्यान्वयन र चौथोमा नयाँ सरकार बनाएर जाने प्रस्ताव पौडेलले शीर्ष नेताको बैठकमा राखेका थिए ।

पौडेलेको प्रस्तावमा एमालेले खासै चित्त नबुझाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र छलफल गर्न समय चाहिन्छ भनेका थिए । त्यसपछि सबै नेताहरुको समझदारीमा संसद बैठक भोलि दुई बजेसम्मलाई सार्ने निर्णय गरियो । चारवटै प्रस्तावमा प्रधानमन्त्रीले पार्टीभित्र छलफल गर्ने भनेपछि अब दलहरुबीच सहमति जुट्ने संकेत देखिएको छ । नेता पौडेल तत्कालै ओली सरकार परिवर्तन गर्न नहुने पक्षमा समेत उभिएका थिए ।

यसैबीच व्यवस्थापिका–संसद्को आज २ बजेका लागि निर्धारित बैठक भोलि अपराह्न २ बजे बस्ने भएको छ । विशेष कारणवश बैठक भोलि २ बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । प्रमुख दलहरुबीच बजेटसँग जोडिएका आश्रित विधेयक अगाडि बढाउने कि अविश्वासको प्रस्ताव अगाडि बढाउने भन्ने विषयमा मतैक्य हुन नसकेपछि सचिवालयले बैठक बस्ने समय सारेको हो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु

Loading...