बारम्बार सरकार परिवर्तन एकदमै गलत : कांग्रेस नेता गगन थापा

Loading...

नेपाली कांग्रेसका युवा नेता गगन थापाले बारम्बार सरकार परिवर्तनको खेलबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन् । विहीबार व्यवस्थापिका संसदमा सञ्चारकर्मीसँग बोल्दै नेता थापाले सरकार ढाल्नु र बनाउनु गन्धा खेल भएको बताए । ‘सरकार ढाल्नु र बनाउनु गन्धा खेल हो । समृद्ध र बिकसित नेपालको लागि स्थायी सरकार हुनु आवश्यक छ,’ उनले भने ।

आफ्नै पार्टीको नीतिविरुद्ध बोल्दै उनले देशलाई स्थायित्व र समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको ब्यबस्था हुनपर्ने माग राखे । उनले भने- ‘समृद्ध र बिकसित नेपालको लागि स्थायी सरकार हुनु आवश्यक छ र त्यसको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको ब्यबस्थाको खाँचो छ ।

‘सरकार ढाल्नु र बनाउनु गन्धा खेल हो । समृद्ध र बिकसित नेपालको लागि स्थायी सरकार हुनु आवश्यक छ,’ विहीबार व्यवस्थापिका संसदमा सञ्चारकर्मीसँग बोल्दै उनले भने ।

’ बेला बेला प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने आवाज उठेपनि कांग्रेसले यो व्यवस्थालाई अस्वीकार गर्दै आएको छ । पार्टीले अस्वीकार गरेको विषयलाई नेता थापाले भने आफ्नो एजेण्डा बनाएको जानकारी दिए । उनले हिन्दु राष्ट्रबारे पनि आफ्नो धारणा राखे । ‘हिन्द राष्ट्र मेरो एजेण्डा होईन । हिन्दु राष्ट्रको पक्षमा बोल्ने र काम गर्ने प्रति मेरो आपति छैन’ उनले भने ।

आफ्नै पार्टीको नीतिविरुद्ध बोल्दै उनले देशलाई स्थायित्व र समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको ब्यबस्था हुनपर्ने माग राखे । उनले भने- ‘समृद्ध र बिकसित नेपालको लागि स्थायी सरकार हुनु आवश्यक छ र त्यसको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको ब्यबस्थाको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...