मधेशको माग पुरा गर : बाबुराम

बर्दिबास : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधान घोषणा नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक फड्को भएको बताउदै मधेशको माग पुरा गर्न सरकारलाई सुझाउनु भएको छ । महोत्तरीको बर्दिबासमा आज पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै डा बाबुराम भट्टराईले राजनीतिक अधिकार प्राप्तिका बाँकी कुरा यसै संविधानबाट सम्भव भएको बताउनुभयो ।

संविधानले परम्परागत संसदीय पद्धति अँगालेकाले सरकार बनाउने र ढाल्ने कुरा गरिरहेर स्थिर सरकार भने चल्न नदिइएको डा बाबुराम भट्टराईको भनाइ छ । यसलाई सच्याउन संसद्लाई समानुपातिक प्रतिनिधित्वको बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था संविधान संशोधन गर्न सके संविधान विश्वकै उत्कृष्ट बन्ने डा भट्टराईले जिकिर गर्नुभयो ।

महोत्तरीको बर्दिबासमा आज पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै डा भट्टराईले राजनीतिक अधिकार प्राप्तिका बाँकी कुरा यसै संविधानबाट सम्भव भएको बताउनुभयो । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधान घोषणा नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक फड्को भएको बताउनुभएको छ ।

यसलाई सच्याउन संसद्लाई समानुपातिक प्रतिनिधित्वको बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था संविधान संशोधन गर्न सके संविधान विश्वकै उत्कृष्ट बन्ने डा भट्टराईले जिकिर गर्नुभयो । संविधानले परम्परागत संसदीय पद्धति अँगालेकाले सरकार बनाउने र ढाल्ने कुरा गरिरहेर स्थिर सरकार भने चल्न नदिइएको उहाँको भनाइ छ ।

संविधान निर्माण र घोषणा लोकतान्त्रिक विधिबाट हुँदाहुँदै पनि यसले मधेस र आदिवासी जनजातिका माग समेट्न नसक्दा अपूर्ण भएको बताउँदै यसको सम्बोधन पनि संशोधनबाटै सम्भव रहेको उहाँले औँल्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...