प्रचण्ड मक्ख छन् किनकि ..

Loading...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि सम्म राजनीतिक निकाश निस्कनेमा बिश्वस्त छन् । अविश्वासको प्रस्ताव सहितका संसदीय कार्यसूचीबारे छलफल गर्न संसद भवन नयाँ बानेश्वरमा बसेको शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले भोली सम्म निकाश निस्कने संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

संसद भवनबाट निस्कने क्रममा प्रचण्ड हँसिलो मुद्रामा देखिन्थे । ओली राजिनामा गर्न तयार भए वा अविश्वासको प्रस्ताव प्रक्रियामा गए अवको प्रधानमन्त्री प्रचण्ड हुने तय भएको छ । उता प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिक्रिया नदिइ बाहिरिएका छन् । प्रधानमन्त्रीले राजिनामा दिने सहमति सहितको प्याकेजमा छलफल पछि संसद भवनमा आयोजित शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओली निराश देखिन्थे ।

अविश्वासको प्रस्ताव सहितका संसदीय कार्यसूचीबारे छलफल गर्न संसद भवन नयाँ बानेश्वरमा बसेको शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले भोली सम्म निकाश निस्कने संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

आज बस्ने भनिएको ब्यवस्थापिका संसदको बैठक भोलि २ बजे सम्मका लागि स्थगित भएको छ । तीन दलबीच संसदमा प्रस्तुत हुने कार्यसूचीको विषयमा कुरा मिल्न नसकेपछि संसद बैठक स्थगित भएको हो । तीन दलबीच सहमति भएमा अविश्वासको प्रस्ताव संसदबाट फिर्ता लिने र बजेट आश्रित विधेयक पारित गरेर जाने र त्यसपछि ओलीले राजिनामा दिने सम्भावना छ ।

उता प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिक्रिया नदिइ बाहिरिएका छन् । प्रधानमन्त्रीले राजिनामा दिने सहमति सहितको प्याकेजमा छलफल पछि संसद भवनमा आयोजित शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओली निराश देखिन्थे ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...