निरास ओली राजिनामा गर्न तयार

निरास ओली संसदभवनबाट कुनै प्रतिक्रिया नदिइ बाहिरिएका छन् । प्रधानमन्त्रीले राजिनामा दिने सहमति सहितको प्याकेजमा छलफल पछि संसद भवनमा आयोजित शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओली निराश देखिन्थे ।

अविश्वास प्रस्तावबारे सञ्चारकर्मीको जिज्ञासामा ओली केही नबोली त्यहाँबाट बाहरिएका हुन् । ओलीसँगै बैठकबाट निस्कने क्रममा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भोलि १२ बजे शीर्ष नेताबीच छलफल हुने र दिउसो २ बजे संसद बैठकको कार्यसूची तय गर्ने जानकारी दिए ।

आज बस्ने भनिएको ब्यवस्थापिका संसदको बैठक भोलि २ बजे सम्मका लागि स्थगित भएको छ । तीन दलबीच संसदमा प्रस्तुत हुने कार्यसूचीको विषयमा कुरा मिल्न नसकेपछि संसद बैठक स्थगित भएको हो । यस अघी आज सरकार विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । उक्त कार्यसूचीप्रति सत्तारुढ दलले आपत्ती जनाएपछि बैठक बस्न सकेको थिएन ।

यस अघी आज सरकार विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । उक्त कार्यसूचीप्रति सत्तारुढ दलले आपत्ती जनाएपछि बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकेजमा सहमति भएमा आफूले राजिनमा गर्ने संकेत दिएका छन् । संसदमा अविश्वास प्रस्ताव दर्ता भएर पारित हुने निश्चित जस्तै भएपछि ओली राजिनामा गर्न तयार भएका हुन् । तीन दलबीच सहमति भएमा अविश्वासको प्रस्ताव संसदबाट फिर्ता लिने र बजेट आश्रित विधेयक पारित गरेर जाने र त्यसपछि ओलीले राजिनामा दिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...