ओली हटाउने निर्णयप्रति घोर आपत्ति : सुजाता

Loading...

मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृ सुजाता कोइरालाले ओली हटाउने निर्णयप्रति नेतृत्वको आलोचना गरेकी छन् । केपी ओली नेतृत्वको सरकारको पक्षमा बोल्दै आएकी सुजाताले माअ‍ोवादी केन्द्रसँग मिलेर सरकार ढाल्न खोजेको प्रति आपत्ति जनाएकी हुन् ।

उनले सरकार ढाल्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै बरु गठबन्धन नै गर्नु थियो भने माओवादी भन्दा एमालेसँग गर्न उचित हुने धारणा राखिन् ।

‘हाम्रा लागि माअ‍ोवादी भन्दा एमालेसँगको गठबन्धन नै उचित थियो’, सुजाताले भनिन्, ‘गठबन्धन मात्र नभएर पहिलो दलले तेश्रो दलाई किन समर्थन गर्यो ? हामीलाई यसको जवाफ चाहियो ।’

बैठकमा बोल्ने सुजाता बाहेकका अन्य रामचन्द्र पौडेल पक्षधरका नेताले भने नेतृत्वलाई लिएर धेरै आलोचना गरेनन् । सुजाताले खुलेरै वर्तमान सरकारको समर्थन गरेको देख्दा बैठकमा सबैले एकअर्कालाई हेरेर आश्चर्यको भाव प्रकट गरेका थिए ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृ सुजाता कोइरालाले नेतृत्वको आलोचना गरेकी छन् । केपी ओली नेतृत्वको सरकारको पक्षमा बोल्दै आएकी सुजाताले माअ‍ोवादी केन्द्रसँग मिलेर सरकार ढाल्न खोजेको प्रति आपत्ति जनाएकी हुन् । उनले सरकार ढाल्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै बरु गठबन्धन नै गर्नु थियो भने माओवादी भन्दा एमालेसँग गर्न उचित हुने धारणा राखिन् ।

‘हाम्रा लागि माअ‍ोवादी भन्दा एमालेसँगको गठबन्धन नै उचित थियो’, सुजाताले भनिन्, ‘गठबन्धन मात्र नभएर पहिलो दलले तेश्रो दलाई किन समर्थन गर्यो ? हामीलाई यसको जवाफ चाहियो ।’ बैठकमा बोल्ने सुजाता बाहेकका अन्य रामचन्द्र पौडेल पक्षधरका नेताले भने नेतृत्वलाई लिएर धेरै आलोचना गरेनन् । सुजाताले खुलेरै वर्तमान सरकारको समर्थन गरेको देख्दा बैठकमा सबैले एकअर्कालाई हेरेर आश्चर्यको भाव प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...