ओली भडुवा हुन् : काँग्रेस

Loading...

नेपाली कांग्रेसले ओली आफ्नो पार्टी फुटाउन खोजेको र मिलेर बसेको आफ्नो पार्टीलाई भाँड्न खोजेको आरोप लगाएको छ
नेकपा माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार निर्माणमा लागिरहेको नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीले कांग्रेस फुटाउन खोजेको आरोप लगाएको हो ।

सरकारबाट समर्थन फिर्ता लिएको माओवादीलाई कांग्रेसले नयाँ सरकारका लागि समर्थन गरेपछि प्रधानमन्त्री ओलीले कांग्रेसका केही नेताहरुलाई बालुवाटार बोलाएर गोप्य छलफल गरेका थिए । यो छलफल गलत हो भन्ने निष्कर्ष निकाल्दै बैठकले ओलीमाथि कांग्रेस फुटाउन खोजेको आरोप लगाएको हो । बैठक स्रोतका अनुसार ओलीले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न राखेको प्रस्तावप्रति सभापति शेरबहादुर देउवा बैठकमा आक्रोशित भएका थिए । यसैगरी नेता पौडेल, अर्का नेता कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह ओली भेट्न बालुवाटार पुगेको प्रसंग पनि बैठकमा उठेको थियो । उक्त प्रसंगपछि सभापति देउवाले ओलीलाई एक्ला एक्लै नभेट्न नेताहरुलाई निर्देशन दिएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेस नेता रामचन्द्र पौडेललाई बालुवाटार बोलाएर सोमबार राति ९ बजे वर्तमान परिस्थितीबारे छलफल गरेका थिए । यसैगरी सोमबार विहानै प्रकाशमान सिंह र कृष्ण सिटौला पनि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रम ओलीले तिनै नेतासँग विभिन्न प्रस्तावहरु पनि राखेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार निर्माणमा लागिरहेको नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीले कांग्रेस फुटाउन खोजेको आरोप लगाएको हो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...