अस्पतालको शौचालयमा वच्चा भेटियो

Loading...

अस्पतालको शौचालयमा वच्चा यसरि भेटिएपछी एकछिन होहल्ला मच्चिएको थियो

मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको शौचालयमा एक नवजात शिशु फेला परेको छ । अस्पतालभन्दा बाहिर जन्मिएको बच्चालाई कसैले शौचालयमा अलपत्र छाडेर गएको हुनसक्ने अस्पतालले जनाएको छ । शौचालयमा अलपत्र अवस्थामा भेटिएको उक्त शिशुलाई अस्पतालले प्रहरीको रोहबरमा एक परिवारलाई जिम्मा लगाएको छ ।

अस्पताल प्रशासनका अनुसार शनिबार बिहान शौचालयमा भेटिएकी बालिकालाई पालनपोषणका लागि ललितपुरकी रमिता विष्टलाई जिम्मा लगाइएको छ । अस्पतालले बालिकाको उपचारपछि विष्टलाई प्रहरीको रोहबरमा जिम्मा लगाएको हो ।

अस्पतालका निर्देशक डा. बिमल थापाले बालिका जिम्मा लगाउन आवश्यक अन्य कागजी प्रक्रिया आज आइतबार पुरा गर्ने गरी हिजो शनिवार प्रहरीको रोहबरमा विष्टलाई बुझाइएको बताए ।

उनका अनुसार अस्पतालमा कार्यरत एक नर्सको पहिचानमा रहेकी विष्टलाई शिशु जिम्मा लगाइएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी नारायणप्रसाद चिमोरियाले बालिका छाड्ने परिवारका विषयमा अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।

अस्पतालले बालिकाको उपचारपछि विष्टलाई प्रहरीको रोहबरमा जिम्मा लगाएको हो । अस्पतालका निर्देशक डा. बिमल थापाले बालिका जिम्मा लगाउन आवश्यक अन्य कागजी प्रक्रिया आज आइतबार पुरा गर्ने गरी हिजो शनिवार प्रहरीको रोहबरमा विष्टलाई बुझाइएको बताए ।

उनका अनुसार अस्पतालमा कार्यरत एक नर्सको पहिचानमा रहेकी विष्टलाई शिशु जिम्मा लगाइएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी नारायणप्रसाद चिमोरियाले बालिका छाड्ने परिवारका विषयमा अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...