धमाधम हराउन थाले बिदेशमा रहनेका श्रीमतीहरु

२०७२ साउनदेखि २०७३ असार २९ गतेसम्ममा इटहरी क्षेत्रभित्रका ९१ जना बिदेशमा श्रीमान भएका विवाहित महिला हराएको प्रहरीसँग रेकर्ड  छ। कतिपय हराएका महिलाको प्रहरीसमक्ष रेकर्ड छैन। धेरै पुरुष र तिनका परिवारलाई प्रतिष्ठाको कुराले रोकेर थुप्रै घटना भने प्रहरी समक्ष पुग्दैनन्।  विशेषगरी, पती विदेशमा भएका महिला हराएको रेकर्डमा उल्लेख छ। प्रहरीको तथ्याङ्कले पुरुष पीडित भएर सामाजिक विकृति बढेको देखाएको छ। यही गतिमा विकृति बढ्दा भविष्यमा भयावह स्थितिसमेत सृजना हुन सक्ने देखिएको  छ।

वैदेशिक रोजगारीमा जानेहरुले पत्नी र बालवच्चालाई शहरमा ल्याएर डेरामा राख्ने भरपर्दो आफन्त नहुँदा पीडित हुने पुरुषको संख्या बढेको प्रहरीले जनाएको छ। हुन त महिलाविरुद्धपनि समाजमा हिंसाका घटना छन तर वैदेशिक रोजगारीमा गएका पुरुषका पत्नीको नियतीले पीडित पुरुषको संख्या बढदो  छ।

कानुनी रुपमा पुरुषभन्दा महिलालाई सहज छ । जसले गर्दा पनि पुरुष पीडित हुने क्रम बढन थालेको हो ।  विदेशमा पती हुँदा घरको हरेक गतिविधिबारे जानकारी लिन पतीले फेसबुक, भिडियो च्याट राख्न लगाउने र नयाँ पुरुषसँग सम्बन्ध क्रमश बढेर गाढा हुँदा महिला हराउने क्रम बढेको इटहरीका डिएसपी ओम अधिकारीले बताए ।

‘अन्जानमै नयाँ पुरुषसँग फेसबुक र भिडियोमा च्याट कुराकानी बढ्दै जादा ती पुरुषको विश्वासमा पर्छन,’ अधिकारीले भने,  ‘भौगोलिक रुपमा टाढा भएकैले आफ्ना पतीसँग सम्बन्ध बिग्रिने र नयाँसँग गाढा हुनाले पुरानोलाई त्याग्ने क्रम बढ्दो  छ।’ पुरानालाई त्यागेका महिलाले नयाँसँग दोस्रो सम्बन्ध कायम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनका अनुसार हराएका अधिकतर महिलाले विवाहित पुरुषसँग दोस्रो पत्नी भएर जाने गरेका छन् । प्रहरीको अनुसन्धान अनुसार अविवाहित केटा हतपत्त फसेको पाइदैन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...