६८ वर्षपछि दक्षिण र उत्तर कोरियाबीच युद्ध रोक्ने सहमति

Loading...

४ बैशाख २०७५ एजेन्सी : ६८ वर्षदेखिको दक्षिण कोरिया र उत्तर कोरियाबीच रहेको युद्ध अन्त्य हुने भएको छ । दुवै देशका नेता सधैंका लागि युद्ध रोक्न सहमत देखिएका छन् ।

आगामी साता दुई देशबीच ऐतिहासिक वार्ता हुँदैछ । उत्तर कोरियाका शासक किम जोन उन आगामी अप्रिल २७ मा दक्षिण कोरिया भ्रमणमा जाँदैछन्। सोही भ्रमणको क्रममा दुई देशबीच ऐतिहासिक सहमति हुन लागेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् १९५० देखि ५३ सम्म दुई देशबीच युद्ध भएको थियो। त्यसयता दुई देशबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । सन् १९५० को युद्धमा २० लाख भन्दा धेरैको मृत्यु भएको थियो ।
सन् १९५० पछि पहिलोपटक उत्तर कोरियन नेता दक्षिण कोरिया भ्रमणमा जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...