पूर्व सांसद बाबुलाल पासवान पक्राउ

Loading...

४ बैशाख, बिराटनगर । मोरङ प्रहरीले पूर्व सांसद बाबुलाल पासवानलाई पक्राउ गरेको छ । उनलाई मंगलबार बिराटनगरबाट पक्राउ गरिएको हो ।

विप्लव माओवादीले आब्हान गरेको बन्दको विषयमा बुझ्न भन्दै उनलाई पक्राउ गरिएको जनाइएको छ ।

६४ बर्षीय पासवान संबिधान सभा निर्वाचनमा नेकपा माओवादी बाट समानुपातिक संसाद थिए पछि पार्टी बिभाजन हुने क्रममा विप्लव समूह बाट सक्रिय रहेका पासवान अहिले पनि त्यहि समूह बाट राजनीतिक गर्दै थिए ।

मोरङका प्रहरी उपरिक्षक अरुण विसीले पूर्व सांसद पासवनलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

सोमवार साँझ विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालय तथा गछिया पुलमा राखिएको बम विष्फोटको घट्नामा उनलाई नियन्त्रणमा लिएको हुनसक्ने बताइएको भएपनि प्रहरीले भने अस्विकार गरेको छ ।

पूर्व सांसद पासवनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मंगलबार विहान पूर्व–पश्चिम राजमार्गस्थित गछिया सडक खण्डमा शंकास्पद बस्तु भेटिएपछि आंतक सृजना भएको थियो ।

गछिया खोलाको पुलमा फेला परेको शंकास्पद वस्तु बम भएको आंशकामा केहीवेर सवारी आवागमन समेत रोकिन पुगेको थियो ।

पछि नेपाली सेनाको बम डिष्पोजल टोलीले संकास्पद बस्तु निष्कृय बनाएको थियो ।

दुवै घटनामा विप्लव माओबादीको संलग्नता रहेको आसंका गरिएको र प्रहरीले त्यहि सिलसिलामा उनलाई पक्रौगरेको अनुमान गरिए पनि यस बारेमा प्रहरीले केहि बताएको छैन । संचारकर्मीलाइ समेत किन र के का लागी पक्राउ गरेको भन्ने बिषयमा कुनै सूचना दिन प्रहरीले सविकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...