सलमानले अदालतसँग किन मागे देश बाहिर जाने अनुमति ?

Loading...

४ वैशाख २०७५ काठमाडौँ : कालो हरिण मारेको विषयमा जेलबाट जमानतमा छुटेका सलमान खानले चार देशको यात्रा गर्ने अनुमती मागेका छन् । अदालतले यो मुद्धाको सुनुवाई गर्दै अनुमती विना देश नछाड्ने भनेको थियो ।

सोही कारण सलमानले देश बाहिर जान अनुमती मागेको बताइएको छ । जेलबाट रिहा भएपछि सलमान ‘रेस ३’ को सुटिङमा व्यस्त थिए ।
लगत्तै सोमबार बाट अली अब्बास जफरको फिल्म ‘भारत’को सुटिङ सुरु भएको छ । यो फिल्मको सुटिङ विदेशमा हुनेछ ।

त्यसकारण सलमानले देशबाहिर जाने अनुमती मागेको भारतीय मिडियाले जनाएका छन् । ‘भारत’लाई सलमान बाहिनी ज्वाई अतुल अग्निहोत्रीले निर्माण गरेका हुन् । यो फिल्म २०१९ को ईदमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...