पर्याप्त पानी नपिउँदा के-के समस्या हुन्छ जानिराख्नुस

Loading...

४ वैशाख २०७५ काठमाडौँ : पानी हाम्रो जीवन हो । यसले शरीरलाई स्थिर राखेको हुन्छ । शरीरको हरेक प्रणाली र प्रक्रियामा पानीको आवश्यकता हुन्छ
। जानौं पानी नपिउँदा शरीरमा उत्पन्न हुने केही समस्या । पर्याप्त पानी नपिउँदा के-के समस्या हुन्छ जानिराख्नुस ।

–पर्याप्त पानीको सेवनमा कमी हुँदा विभिन्न हृदयसम्बन्धी रोगहरू लाग्न थाल्दछ ।

पानीको कमीले रगत बाक्लो हुने र रक्तसंचार प्रक्रियामा पनि समस्या उत्पन्न हुने गर्दछ । यस्तै मृगौला सम्बन्धी समस्या, क्यान्सर तथा मूत्रसम्बन्धी रोगहरू लाग्न सक्दछ ।

–पानीको कमी अथवा डिहाइड्रेशनका कारण थकानको महसुस हुन्छ । शरीरका कोषिकाहरूमा पर्याप्त पानी नपुग्दा शरीरमा उर्जाको कमी हुन जान्छ र थकान महसुस हुन्छ । यसका साथसाथै टाउको दुखाई, ताव आदिको समस्या पनि हुन्छ ।

– पर्याप्त पानीको सेवन नभएमा पाचनसम्बन्धी समस्या पनि देखिन थाल्दछ । पानीको कमीका कारण खाना पच्नमा समस्या हुन्छ । जसका कारण शरीरको तौल पनि बढ्दै जान्छ र शरीरमा विषाक्त पदार्थको मात्रा पनि बढ्दै जान्छ ।

– शरीरमा पानीको कमीका कारण तौल बढ्न पनि जान्छ । पब्लिक हेल्थ एण्ड वाटर रिसोर्स इन्स्ट्चियूटको अध्ययनले पर्याप्त पानीको सेवनले मानिसले कम क्यालोरी लिने र तौल नबढ्ने देखाउँछ तर पर्याप्त पानी नपिउँदा शरीरमा तौल बढ्दै जान्छ ।

– यस्तै पानीको कमीले अनुहार सुख्खा देखिने, चायाँ पर्न थाल्ने, अनुहारमा डण्डिफोर, घाउखटिरा पनि देखिन थाल्दछन्। त्यसैकारण मानिसले दैनिक न्यूनतम चार लिटर पानी पिउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...