पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण निःशुल्क

Loading...

४ वैशाख 207५ काठमाडौँ : सरकारले महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण निःशुल्क रूपमा गर्ने अभियान सुरु गरेको छ । सरकारले पाँचौँ सुरक्षित मातृत्व दिवसको अवसर पारेर शिक्षण अस्पतालबाट सोमबार पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण सुरु गरेको हो । यसबाहेक सरकारले २०७५ सालभरि सुरक्षित मातृत्वसम्बन्धी विशेष अभियान गर्ने घोषणासमेत गरेको छ ।

शिक्षण अस्पताल परिसरबाट निःशुल्क पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण गरेर सो अभियान सुरु गरिएको हो ।
स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले सुरक्षित मातृत्व विशेष अभियानको घोषणा गर्दै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाहेक फिस्टुला र क्यान्सर भए नभएको निःशुल्क परीक्षण गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अग्रसरतामा सुरु हुन लागेको अभियानअन्तर्गत वैशाख, जेठ र असार महिनाभर सबै अस्पतालबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण गरिनेछ । त्यसमा फिस्टुला र क्यान्सर भए नभएको परीक्षण गरिनेछ । राज्यमन्त्री अर्यालका अनुसार साउन, भदौ र असोज महिनामा सबै पालिका (स्थानीय निकाय) हरूमा सुरक्षित मातृत्व कोष स्थापना गर्ने र यो कोषको रकम आकस्मिक प्रसूति सेवामा प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...