अपराध महाशाखामा एसएसपी धिरजप्रताप सिंह

४ बैशाख २०७५ काठमाडौं : महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धिरजप्रताप सिंहको सरुवा भएको छ । सरकारले गत आइतबार सिंहको महाशाखामा सरुवा गरेको हो ।


एसएसपी सरुवाको अधिकार गृहमन्त्रालयको भएपनि मन्त्रीपरिषद्ले नै उनको सरुवा गरेको स्रोत बताउँछ। उनको काज सरुवा भएको हो ।

सिंह लामो समय काठमाडौं परिसरमा काम गरेकाले उनी यहाँको सुरक्षा चुनौतीबारे जानकार प्रहरी अधिकारी हुन्। हाल उनी संघीय प्रहरी इकाई बाग्मतीमा कार्यरत छन् ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धानमा चलखेल गरेको खुलेपछि महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएपछि रिक्त रहेको महाशाखामा उनलाई सरुवा गरिएको हो । सिंह लोहनीकै ब्याचमेट हुन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...