सिरियाको डोउमा पुगेको अनुसन्धान टोलीलाई स्विकृति

Loading...

४ बैशाख २०७५ सिरिया : रासायनिक हतियार प्रयोग भएको भनिएको सिरियाको डोउमामा अनुसन्धान का लागि पुगेको अर्गनाइजेसन एगेन्स्ट युज अफ केमिकल वेपन्स (ओपिसिडब्लु) को टोलीलाई त्यहाको सरकारले स्विकृति प्रदान गरिएको छ ।

गत अप्रिल ७ मा भएको आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको भन्दै गत शनिबार अमेरिका, बेलायत र फ्रान्सले सिरियामा भण्डार गरि राखिएका रासायनिक अखाडाहरुमा आक्रमण गरेको थियो ।

अनुसन्धानका लागि गत शनिबारदेखि नै सो टोली सिरियामा पुगेको भएपनि अनुसन्धानका लागि स्विकृति दिइएको थिएन ।

अनुसन्धानका लागि पुगेको अन्तर्राष्ट्रिय टोलीले दमास्कसमा ३ दिनसम्म पर्खिनु परेको थियो । आक्रमण भएको ११ दिनपछि मात्रै टोली बुधबार मात्रै घटनास्थल पुग्न पाएका हुन् । विज्ञहरुको टोलीले सो क्षेत्रको माटो तथा अन्य वस्तुहरुको परिक्षण गरेर आक्रमणमा रासायनिक हतियार प्रयोग भए–नभएको अनुसन्धान गर्ने बताइएको छ ।

तर सिरिया तथा उसको प्रमुख सहयोगी रसियाले भने आक्रमणमा रासायनिक हतियार प्रयोग नगरेको दावी गर्दै आएका छन् ।

यता सिरियाली राज्य सञ्चालित समाचार संस्थाले भने मंगलबारको बिहान पनि पश्चिमी शहर होम्समा सेनाले केही मिसाइल आक्रमणलाई निस्तेज पारेको बताएको छ। सो मिसाइल आक्रमण सेरात हवाई अड्डामा लक्षित गरी गराइएको तर कसले सो आक्रमण गर्यो भन्ने नखुलेको बताइएको छ।

उता राजधानी दमास्कसको डुमेर मिलिटरी विमानस्थलमा पनि ३ वटा मिसाइल प्रहार गरिएको तर सेनाले त्यसलाई पनि नष्ट गराएको रिपोर्टमा बताइएको छ।

तर पेन्टागनका प्रवक्ताले भने सो समयमा सो क्षेत्रमा आफुहरुले आक्रमणका कुनै पनि क्रियाकलाप नगरेको दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...