सिन्डिकेट दोहोरी : देशभर यातायात ठप्प गर्दै व्यवसायी, अनुमति रद्ध गर्दै सरकार

यातायात व्यवसायी द्वारा आन्दोलन फिर्ता

४ वैशाख २०७५ काठमाडौं : सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका छन् ।

सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।

‘हामीले सवारी छुटाउने तालिका बनाउँदा सिन्डिकेट लादेको भनियो, त्यसैले २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ महासंघका एक सदस्यले भने, ‘२६ गतेदेखि बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित हुनेछ ।’

आन्दोलनमा ट्रक व्यवसायीदेखि टि्रपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने उनले बताए । ‘६ गते हामी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँछौं । त्यसपछि हाम्रा गाडीमा विरोधस्वरुप कालो झण्डा राखिनेछ,’ उनले भने, ‘१९ गते देशभरका यातायात कार्यालय घेराउ गर्छौं ।’

यति गर्दा पनि सरकारले आफ्नो मागको सुनुवाइ नगर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघ स्रोतले बताएको छ । आफ्ना आन्दोलनका कार्यक्रबारे जानकारी दिन वैशाख ५ गते पत्रकार सम्मेलन गरिने महासंघले जनाएको छ ।
आन्दोलनका लागि महासंघले समति गठन गरेर तयारी थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...