कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ७ गते बस्ने तय

Loading...

३ बैशाख २०७५ काठमाडौँ : वि.सं. २०७४ चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ ।

बैठक जारी रहेकाक्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...