उडिरहेको विमानमा यात्रीले चालकदलका सदस्यलाई धम्काएपछि…

Loading...

३ बैशाख २०७५ चिन : एअर चाइनाको उडिरहेको विमानमा एक यात्रीले चालकदलका एक सदस्यलाई पेन देखाइ धम्की दिएपछि विमान हेनान प्रान्तको विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ ।

आइतबार चीनको बेइजिङबाट चाङसाका लागि उडान भरेको एअर चाइनाको ‘सीए १३५०’ विमान उडान भर्नेबित्तिकै ती यात्रीले फाउन्टेन पेन देखाइ चालकदलका सदस्यलाई धम्की दिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । त्यसपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइयो ।

हेनानको विमानस्थलमा आपत्कालीन अवतरण गरेको सो विमानले केही घन्टापछि फेरि उडान भरेको थियो ।

पक्राउ पर्ने व्यक्ति ४१ वर्षका छन् । उनी मानसिक रोगी भएको जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...