बस र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, २० घाइतेमध्ये १३ गम्भीर, काठमाडौं ल्याइयो

३ बैशाख २०७५ काठमाडौं : धादिङको थाक्रे गाउँपालिका ७ दशकिल्लामा गएराति सवा १० बजे ना ५ ख २४६७ नम्बरको बस र ना ६ ख ६५११ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुवै सवारी साधनमा सवार २० जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रक चालक ललितपुर सातदोबाटो बस्ने २५ वर्षीय मनोज खड्की र बसमा सवार रौतहटको गौर नगरपालिका ५ की १६ वर्षीया आयुष्मा भट्टराई रहेका छन्।

खड्कीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने भट्टराईको गणेशमान मेमोरियल अस्पताल ललितपुरमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ। घाइतेमध्ये ७ जनाको महादेवदेवी पोलिक्लिनिक धादिङमै उपचार भइरहेको छ। अन्य घाइतेहरुको काठमाडौँ र ललितपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...