रियालले मालागालाई हरायो, बार्सिलोना अझै अगाडी

Loading...

३ बैशाख २०७५ काठमाडौं : स्पेनिस लिग अन्तर्गतको फुटबलमा रियाल मड्रिडले मालागालाई २-१ ले हराएको छ ।

गएराती मालागाको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ईस्को र क्यासेमिरोले एक एक गोल गरे ।

पराजित टोली मालागका डिएगो रोलानले नियमित समयको अन्तिम मिनेटमा एक गोल फर्काए ।

जितसँगै रियाल मड्रिड ला लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

३२ खेलबाट उसको ६७ अंक भएको छ । समान खेलबाट ७१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा शिर्ष स्थानको बार्सीलोनाको ८२ अंक छ ।

ला लिगामा गएराती एथ्लेटिको मड्रिडले लेभान्तेलाई ३-० ले हराँउदा गेटाफेले ईस्पानियोललाई तथा आलाभेजले आईबारलाई १-० ले हराएका छन् ।

यता स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ । सनिबार भएको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले घरेलु लिगमा सार्वाधिक ३९ खेलसम्म अपराजित हुने कीर्तिमान रचेको हो । यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो ।

खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र सामुएल उम्टिटीले एक÷एक गोल गरेका थिए ।

भ्यालेन्सियाका डानी पारेयोले एक गोल फर्काउदै हार अन्तर कम गरेका थिए ।

जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि दौड बलियो पारेको छ ।

लिगमा ३२ खेलबाट बार्सिलोनाको ८२ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ७१ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...