म्यानचेस्टर सिटी बन्यो प्रिमियर लिग च्याम्पियन

Loading...

३ बैशाख २०७५ म्यानचेस्टर (एजेन्सी): म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । गए राति म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएपछि सिटीले अंक तालिकामा उत्कृष्ट हुदै उपाधि हात परेको हो ।

युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । शनिबारमात्र सिटीले टोटेनह्यामलाई ३–१ ले हराएको थियो ।

युनाइटेडले सिजनका बाँकी सबै ५ खेल जितेपनि सिटीलाई अब भेट्ने छैन । ३३ खेलपछि सिटीको ८७ अंक छ भने युनाइटेडको १६ अंक कम ७१ अंक छ ।

७३ औं मिनेटमा जोय रोड्रिगेजले गरेको गोलमा वेस्टब्रुमबीचको जित पक्का भएको थियो । वेस्टब्रुमबीच जितपछि पनि २४ अंकसहित तालिकाको पुछारमा छ । आइतबारकै अर्को खेलमा आर्सनल न्युक्यासलसँग २–१ ले पराजित भएको छ ।

यता सनिबार भएको इंग्लिश प्रिमियर लिग फुटबलमा खेलमा लिभरपुलले सहज जित निकालेको थियो । शनिबार राति भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ३ – ० ले हराएको थियो ।

घरेलु मैदान एनफिल्ड भएको खेलमा लिभरपुलको लागि साडियो माने, मोहमद सलाह र रोबर्टो फिर्मिन्होले समान एक एक गोल गरेका थिए । बर्नेमाउथविरुद्ध लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

प्रिमियर लिग अन्तर्गत नै शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३ – २ ले हराएको थियो । यस्तै बर्नलीले लेष्टर सिटीलाई २ – १, क्रिस्टल प्यालेसले ब्राइटनलाई ३ – २ र हर्ड्सफिल्डले वाट्फोर्डलाई १ – ० ले हराएको छ । एभर्टन र स्वान्सीले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...