माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक, अब यी सात स्थानमा मात्र प्रदर्शन गर्न पाइने (सुची)

Loading...

२ वैशाख २०७५ काठमाडौं : साना देखि ठुला सबै खाले आन्दोलनको भेला हुने स्थल मध्येको मुख्य र पहिलो विकल्प बन्दै आएको काठमाडौंको माइतीघर मण्डलामा अब उपरान्त विरोध प्रदर्शन गर्न रोक लगाइएको छ ।

सरकार वा अन्य कुनै घटना परिघटनालाइ आधार मानेर त्यसको विरुद्ध आवाज उठाउने वा भेला भएर बिरोध गर्ने कार्य हुदै आएको प्रदर्शन गर्ने मुख्य थलो माइतीघर मण्डला नै थियो, तर सरकारले अब उपरान्त माइतीघर मण्डलालाइ तोकेर यस क्षेत्रमा वा वरपर विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका ६ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकी अन्य ठाउँमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो ।

वैशाख १६ गतेदेखि लागु हुने गरि सरकारले काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने आज एक बिज्ञप्ति जारि गर्दै स्थान तय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गरी गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना अनुसार तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको जानकारी दिएका छन् ।

‘मिति २०७५ बैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

बिरोध वा सभा गर्न पाइने स्थानहरु :

१) काठमाडौंको खुलामञ्च
२) तीनकुनेको खुल्ला चौर
३) भगवानपाउको भुईंखेलचौर
४) पेप्सीकोला खेलमैदान
५) सानो गौचरण फुटबल मैदान
६) लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान
७) गौशालाको सिफलचौरमा

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...