माधुरीसँग २६ वर्षपछि अनिल कपुरको जोडी

Loading...

२ बैशाख २०७५ मुम्बई : माधुरीसँग २६ वर्षपछि अनिल कपुरको जोडी बाधिने भएको छ फिल्म टोटल धमाल मार्फत । बलिउडका सुपरहिट जोडी अनिल कपुर र माधुरी दीक्षित पर्दामा एकसाथ देखिने भएका छन् ।

फिल्म ‘टोटल धमाल’मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुराको जानकारी अनिलले ट्वीटरमार्फत दिएका छन् । इन्द्र कुमारले निर्देशन गर्ने फिल्मको शुटिङ्ग समेत सुरु भइसकेको छ ।

‘शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो । टोटल धमालको शुटिङ्ग सुरु भएको छ । माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं । तर हाम्रो क्षमता फिल्म ‘बेटा’का दिनहरुजस्तो छ । यो यात्रा रोमाञ्चक हुनेवाला छ ।’

फिल्ममा अर्जुन र माधुरी श्रीमान–श्रीमतीको भुमिकामा देखिनेछन् । यसअघि अनिल र माधुरीले फिल्म ‘लज्जा’मा अन्तिमपटक सँगै काम गरेका थिए । दुबैले दर्जनौ फिल्ममा सँगै काम गरेका थिए। जसमा हिफाजत, तेजाब, परिन्दा, राम लखन, किशन कन्हैया, बेटा, खेल, पुकारजस्ता फिल्म छन् ।

ट्विट गर्दै कपुरले भने, ‘शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो । टोटल धमालको शुटिङ्ग सुरु भएको छ । माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं । तर हाम्रो क्षमता फिल्म ‘बेटा’का दिनहरुजस्तो छ । यो यात्रा रोमाञ्चक हुनेवाला छ ।’

‘टोटल धमाल’ आगामी डिसेम्बर ७ मा रिलिज हुनेछ । फिल्ममा माधुरी र अनिलका अलावा अजय देवगन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, संञ्जय मिश्राको पनि अभिनय देख्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...