अमेरिका पठाईदिने भन्दै टोगोमा अलपत्र पार्ने एक पक्राउ

Loading...

२ बैशाख काठमाडौं : अमेरिका र क्यानडा पठाइदिने भन्दै अफ्रिकी मुलुक टोगोमा लगेर अलपत्र पार्ने एक दलाल पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका ६ का २७ वर्षीय सुरेन भन्ने मोहन श्रेष्ठ रहेका छन् ।

उनले क्यानडा र अमेरिकाको मल्टिपल भिसा लगाएर आकर्षक रोजगारी दिलाउने भन्दै मलेसिया, सिंगापुर, ईथियोपिया, नाईजेरिया र बेनिन हुँदै टोगोमा पुर्याएर ६ महिनासम्म होटेलमा बन्धक बनाएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोलीले श्रेष्ठलाई चितवन भक्तपुरबाट पक्राउ गरि मानव बेचविखन तथा ओसारपसार मुद्दामा सात (७) दिन म्याद थप गरी अनुसन्धान गरिरहेको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...