पोखरीमा डुबेर मृत्यु

Loading...

२ वैशाख २०७५ उर्लाबारी- मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय मग्ना मिँया रहेका छन् । उनलाई उक्त पोखरीमा डुबेर मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । वैशाख १ गते नयाँ वर्षको अवसरमा सो मन्दिरमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...