जुत्ताभित्र लुकाएको ३ केजी सुन सहित विमानस्थलबाट दुई भारतीय पक्राउ

२ बैशाख २०७५ काठमाडौं : जुत्ताभित्र लुकाएको दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् ।

उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं ओर्लिएका थिए । प्रहरीका अनुसार उनीहरुबाट बरामद सुनको मूल्य १ करोड ४१ लाख ९३ हजार ६ सय रुपैयाँ पर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा प्रहरीले चेक गर्दा दुवै जनाले जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन भेटिएको थियो ।

बरामद सुन र उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, सिनामंगलमा पठाएको छ ।

साढे ३३ केजी सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याकाण्ड खोतल्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै एक सातामा ३०० केजी सुन तस्कर हुने गरेको खुलेको छ ।

एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा तस्करी हुने गरेको प्रहरीको भनाइ छ। सातामा ३०० केजी सुन तस्कर गर्ने अधिकांश अहिले पक्राउ परेकामध्ये नै रहेको प्रहरीले बतायो ।

प्रहरीका एक उच्च अधिकारीले भने, ‘अहिले जुन जोजो समातिएका छन्, उनीहरूले मात्रै प्रत्येक साता ३०० केजी सुन तस्करी गरेको सँचना पाएका छौँ । यो काम एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा हुँदै आएको खुलेको छ।’

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...