३ सवारी एक-आपसमा ठोक्किएर दुर्घटना

२ बैशाख २०७५ पोखरा : कास्कीको चाउथेमा ३ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएका छन्। ट्रिपरले एक कारलाई ठक्कर दिएपछि पछाडीबाट आइरहेको मिनी ट्रकमा सो कार ठोक्किन पुगेको थियो ।

ठक्करपश्चात् बा१५च ५०८२ नम्बरकाे कार सडक छेउको नहर नाघेर पारि पुगेर पल्टिएको थियो। दुर्घटनापछि कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा हालसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले बताए । ठक्कर दिने ट्रिप्पर भने भागेको तर कार र मिनी ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

ठक्कर दिएर भाग्ने ट्रक र चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...