नयाँ बसपार्कको गेष्ट हाउसमा युवतीको हत्या गरि फरार युवक भारतबाट पक्राउ

Loading...

२ बैशाख २०७५ काठमाडौं : नयाँ बसपार्कको गेष्ट हाउसमा युवतीको हत्या गर्ने एक युवकलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको छ । सल्यानमा गोपाल शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत २३ गते नयाँ बसपार्कको न्यू भुमेश्वर गेष्ट हाउसको २०३ नम्बर कोठामा एक युवती मृत भेटिएकी थिइन् । हात, खुट्टा र घाँटी बाँधिएको अवस्थामा उनको शव फेला परेको थियो । मृतक चितवन सौराहाकी रियाना भन्ने रिहा अधिकारी भएको खुलेको छ ।

आपसी विवादमा शर्माले हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि युवतीको समेत मोबाइल लिएर उनी भारत गएका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...