इंग्लिश प्रिमियर लिग :लिभरपुलको सहज जित

Loading...

२ वैशाख २०७५ काठमाडौँ : गए रति भएको इंग्लिश प्रिमियर लिग फुटबलमा खेलमा लिभरपुलले सहज जित निकालेको छ । गए राती शनिबार राति भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ३ – ० ले हराएको हो ।

घरेलु मैदान एनफिल्ड भएको खेलमा लिभरपुलको लागि साडियो माने, मोहमद सलाह र रोबर्टो फिर्मिन्होले समान एक एक गोल गरे । बर्नेमाउथविरुद्ध लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

एनफिल्डमा खेलको सातौं मिनेटमा मानेको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६९ औं मिनेटमा सलाहले लिभरपुलको अग्रता २ – ० को बनाए । योसँगै सलाहले प्रिमियर लिगको सिजनको ३० औं गोल पुरा गरे । सबैखाले प्रतियोगितामा भने सलाहको यो ४० औं गोल हो । त्यसपछि खेलको ९० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३ – ० को सहज जित दिलाए ।

यो जितसँगै लिभरपुलले ३४ खेलबाट ७० अंक जोडेको छ । लिभरपुल लिगको तेस्रो स्थानमा छ । पराजित बर्नेमाउथ ३८ अंक जोडेर ११ औं स्थानमा छ । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३ – २ ले हराएको छ । यस्तै बर्नलीले लेष्टर सिटीलाई २ – १, क्रिस्टल प्यालेसले ब्राइटनलाई ३ – २ र हर्ड्सफिल्डले वाट्फोर्डलाई १ – ० ले हराएको छ । एभर्टन र स्वान्सीले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...