सिरियामाथि आक्रमण : रसिया चिनको एकै बोलि, विश्व जगत दुइ धारमा विभाजित हुदै

१ वैशाख २०७५ काठमाडौं : चीनले सिरियामाथि पश्चिमा देशको आक्रमण अन्तराष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ । यो संगै अमिरिकी आक्रमणको बिरोध गर्ने रसिया पछि चिन पनि थपिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हुआ च्युनिङले चीन अन्तर्राष्ट्रिय सम्वन्धमा बलको प्रयोग, राष्ट्रसंघ सुरक्षा परिषद्को सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको विरोधमा रहने बताएका छन् ।

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेपछि आक्रोशित रुसले यसबारे चेतावनी यस अघि नै दिएकाे छ । अमेरिकाका लागि रुसी राजदूतले चेतावनी दिएका हुन् । उनले यदि अमेरिकाले यो आक्रमण नरोके अमेरिकी जहाज माथिनै रुसी सैनिकले आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।

शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा अमेरिका लगायतका आक्रमणका आवाजहरू सुनिएका छन् । सैन्य आक्रमणहरु सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरु लक्षित थियाे।

यता अमेरिका लगायत अन्य देशले आफ्नो देशको आन्तरिक युद्धमा हस्तक्षेप गरी मिसाइल आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको सिरियाले प्रतिक्रिया दिएको छ।

गत साता सिरियामा भएको विषालु ग्यास आक्रमण रसियाले गरेको भन्दै अमेरिका, बेलायत र फ्रान्सको संयुक्त सैन्य फौजले कारबाही सुरु गरेपछि सिरियाको यस्तो प्रतिक्रिया आएको हो। फौजले दमास्कस, होम्स लगायतका सहरमा आक्रमण गरेका छन्। रसियाको रक्षा मन्त्रालय अनुसार हालसम्म ठूलो क्षति भएको छैन तर केही सिरियाली नागरिकहरु भने घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...