प्रचण्डले दिए सबै नेपालीमा समृद्धि,एकता र प्रगतिको नयाँ बर्षको सुभकामना

Loading...

१ वैशाख २०७५ काठमाडौं : नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँवर्षको अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।

नयाँवर्ष २०७५ सालको उपलक्ष्यमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबैलाई विशेष अपील गर्नुभएको छ । ‘नयाँवर्ष वि.सं. २०७५ सालको सुखद् उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रियएकता र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’अध्यक्ष प्रचण्डले भन्नुभएको छ ‘यस सुखद् अवसरमा २०७४ सालले हामीलाई दिएको स्थिर सरकारको जगबाटआर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न म सबै नेपाली हरुमा विशेष अपील गर्दछु ।’

नयाँ संविधान कार्यान्वयन,राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न २०७४ सालले आधार र उर्जा प्रदान गरेको भन्दै अध्यक्ष प्रचण्डले नेपाली इतिहासमा वि.सं. २०७४ साल अविस्मरणीय रहेको पनि बताउनु भएको छ । ‘मुलूकमा संघीय प्रणालीको व्यवहारिक अभ्यास सहित स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न हुनु नेपाल र नेपालीका लागि गौरवको कुरा हो’ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।

अध्यक्ष प्रचण्डले स्थिरता, शुसासन र समृद्धिको अभियानमा दृढता पूर्णक सहभागी हुन पनि सबै नेपालीलाई आह्वान गर्नुभएको छ । ‘समाजवाद उन्मूख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको हाम्रो कार्यभार हो, यस अवसरमा स्थिरता, शुसासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन आम नेपाली जनसमुदायसँग हार्दिक आव्हान गर्दै पुनःएकपटक नयाँ वर्ष २०७५ सालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...